देशभर २ सय ५९ जना संक्रमित थपिए, ५ जनाको मृत्यु

काठमाडौं २६ पौष । पछिल्लो २४ घण्टामा देशभर २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योस“गै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ । उनीहरुमध्ये आज थप ५ सहित १९ सय १७ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ सय १३ जना निको भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ४४ सय २२ जना रहेका छन् । यस्तै २ सय ५७ जना क्वारेन्टिनमा छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board