विज्ञापन ऐनको पालना नगर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं, २६ पौष । सरकारले विज्ञापन ऐनको पालना नगर्ने टेलिभिजन च्यानललाई कारवाही गर्ने भएको छ । सरकारले गत वर्ष विज्ञापन नियमन गर्ने ऐन–२०७६ ल्याएपछि नेपाली टेलिभिजनले विदेशी डबिङ विज्ञापन रोक्नुपर्ने तर ऐन आएको १४ महिनासम्मसमेत उक्त कार्य नरोकेपछि विज्ञापन बोर्डले कारवाहीको तयारी गरेको हो ।

विज्ञापन बोर्डले आज एक सूचना प्रकाशन गर्दै विज्ञापन ऐनको पालना नगर्ने टेलिभिजन च्यानललाई कारवाही गर्ने जनाएको हो । विज्ञापन ऐन आएको १४ महिना अर्थात् क्लिनफिड लागू भएको साढे दुई महिनासम्म कानूनअनुसार केही टेलिभिजन च्यानल प्रसारण नभएको भन्दै कारवाहीको तयारी गरिएको बोर्डका अध्यक्ष डिल्लीराम शर्माले जानकारी दिए ।

उनका अनुसार यसअघि कानूनको पालना नगर्ने टेलिभिजन च्यानललाई लिखितरुपमा जानकारी गराइएको र पटकपटकको अनुरोधमा सुधार नआएपछि कारवाही हुनेछ । “कानूनको पालना गर्नु हामी सबैको कर्तव्य हो, एक पटक गल्ती गर्नेलाई छुट दिइन्छ, तर पटक पटक सोही गल्ती गर्नेलाई छुट नभएर कारवाही हुन्छ”, उनले भने ।

विसं २०७६ मा ल्याइएको विज्ञापन ऐनअनुसार २०७७ कात्तिक ८ गतेदेखि विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित प्रसारण भएका छन् । शुरुआती चरणमा केही च्यानल रोकिए पनि हाल सबै च्यानल पुनःविज्ञापनरहित रुपमा प्रसारण शुरु भइसकेको व्यवसायी बताउँछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति