बलिउड नायिका प्रियंकाले तोडिन् लकडाउनको नियम, सैलुनमा पुगे प्रहरी

चर्चित बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा विवादमा तानिएकी छिन् । हालै श्रीमान निक जोनससँग लण्डन पुगेकी प्रियंका लकडाउनका कारण त्यहि फसिन् । उनले जोश वुडको स्टाइलिस सैलुनमा आफ्नी आमा मधु चोपडासँग लकडाउनको नियम उल्लंघन गरेपछि विवादमा तानिएकी हुन् । तर उनीमाथि जरिवाना भने लगाइएको छैन ।

हेयर ड्रेसरले लकडाउनको नियम उल्लंघन गरेको बताइएपछि प्रहरी सैलुनमा पुगेको र सैलुनका मालिकलाई कोभिड–१९ सँग सम्बन्धित सबै नियम पालना गर्न निर्देशन दिइएको जनाइएको छ । उनीमाथि कुनै जरिवाना नतोकिएको पनि जानकारीमा उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board