झापाबाट विराटनगर आउँदै गरेका युवक बसको सिटमै प्राण त्यागे

काठमाडौं, २६ पौष । झापाबाट बस चढेर विराटनगर आउदै गरेको युवक बसभित्रै मृत अवस्थमा फेला परेका छन् । आइतबार बिहान झापा केरखाबाट बस चढेका २६ वर्षीय युवक बसको सिटमा बसेकै अवस्थामा उनको मृत्यु भएको हो ।

जनसेवा यातायात प्रालिको मे१ख ३३३३ नम्बरको बसमा झापाबाट चढेका उनि विराटनगर बसपार्कमा नओर्लिएपछि बसका कर्मचारीले बस भित्र हेर्दा बसेकै ठाउँमा उनको मृत्यु भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार उनि मृगौला रोगबाट पिडित थिए । त्यसैको उपचारको लागि उनि विराटनगरको नेशनल किड्नी सेन्टरमा आएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति