दुई हजार ३०० ले ओरालो लाग्यो सुनको मूल्य

काठमाडौं २६ पौष । स्थानीय बजारमा आज सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ । सुनको मूल्यमा प्रतितोला रु दुई हजार ३०० ले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला रु ९३ हजार छ । प्रतितोला रु ९५ हजार ३०० मा शुक्रबार कारोवार भएको छापावाला सुन आज प्रतितोला रु दुई हजार ३०० ले ओरालो लागेर रु ९३ हजार कायम भएको छ । यस्तै तेजाबी सुन आजका लागि प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । प्रतितोला रु ९४ हजार ८०० मा शुक्रबार कारोवार भएको थियो । तेजाबी सुन शुक्रबारका तुलनामा आज रु दुई हजार ३०० ले नै ओरालो लागेको हो ।

यस्तै चाँदीको मूल्य प्रतितोला रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदी प्रतितोला शुक्रबार रु एक हजार ३३० मा कारोवार भएको थियो । चाँदी तोलामा रु ६० ले घटेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति