ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ, २६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

सिएनएनका अनुसार इराकको बगदादस्थित अनुसन्धानात्मक अदालतले ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

उनलाई गत वर्ष बगदादमा इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्याको अभियोग लागेको छ ।

इरानले मेजर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा ट्रम्पसहित ४८ अमेरिकी उच्च अधिकारीविरूद्ध यसअघि नै अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल०मा पक्राउ पुर्जीको माग गरेको थियो ।

सन् २०२० को जनवरी ३ मा इराकको बगदादमा ड्रोन आक्रमण गरी अमेरिकाले जनरल सुलेमानीको हत्या गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board