काठमाडौं २५ पौष । सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता सधैंका लागि बन्द गरिदिएको छ ।
सामाजिक सञ्जालबाट झूठ फैलाइरहेको भन्दै पटक–पटक आंशिक प्रतिबन्धमा परेको ट्रम्पको खाता संसद भवनमाथि उनी समर्थक हिंस्रक भीडले आक्रमण गरेपछि फेरि रोक लगाएको थियो । बिहीबार ट्रम्पको खातामाथि लगाइएको प्रतिबन्ध केही समयका लागि खोलिएको भए पनि अब सधैंका लागि निलम्बन गरिएको ट्वीटरले जनाएको छ । पछिल्ला दिनमा उनको ट्वीटको नजिकबाट समीक्षा र हालै गराइएको घटनालाई ध्यान दिदै हिंसा भड्काउने जोखिमका कारण राष्ट्रपति ट्रम्पको अकाउन्टको स्थायी रुपमा बन्द गरिदिएको ट्वीटरले बताएको छ ।
यसअघि जनवरी ६ मा ट्रम्पको खातामा १२ घण्टाका लागि ट्वीटरले प्रतिबन्ध लगाएको थियो । यसअघि ट्वीट गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले निर्वाचित राष्ट्रपति जो बाइडेनको २० जनवरीमा हुने शपथग्रहण समारोहमा सहभागी नहुने बताए । ट्रम्प आफैले ट्वीट गरेर यससम्बन्धी जानकारी दिए । आफ्ना मतदाताको अपमान गर्न नसक्ने र उनीहरुमाथि गलत व्यवहार नसहने भन्दै ट्रम्पले संसद आक्रमण घटनामा संलग्नलाई उन्मुक्ति दिने संकेत ट्वीटमार्फत् गरे ।
प्रतिक्रिया