भारतमा थप १८ हजारमा कोरोना संक्रमण

काठमाडौं,  २५  पुस ।  भारतमा थप १८ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ४८१ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ४ लाख ३२ हजार ५२५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ५५ हजार ९२२ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५० हजार ८३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २२९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार ८३५ पुगेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board