प्रभु बैंकले ल्यायो कालिमाटी तरकारी बजारमा क्यु आर सेवा

काठमाडौं, २४ पुष । प्रभु बैंकले काठमाडौंको कालिमाटी तरकारी बजारमा कारोबार गर्दा क्युआर कोड मार्फत भूक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले फोन पेसगको सहकार्यमा नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपालकै ठूलो तरकारी बजार कालिमाटीमा क्युआर कोड सेवा सुचारु गरेको हो ।

क्युआर कोड सेवाको नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी तरकारी बजार समितिलाई सेवा हस्तान्तरण गरेका हुन् । गर्भनर अधिकारीले नेपालको बैंकिंङ क्षेत्रमा सूचना प्रविधिको उच्चतम प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आउने बताए । उनले प्रभु बैंक र फोन पे को संयुक्त पहलमा फलफूल तथा तरकारी बजारमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नु पर्ने झन्झट हटेको बताए । यस्तै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकहरुलाई समयसापेक्ष नवीनतम बैंकिङ सेवा प्रवाहमा प्रतिबद्ध रहेको बताए ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले प्रभु बैंकको विश्वसनीय एवं गुणस्तरीय बैंकिङ सेवा उपभोग गरिरहेका कृषक तथा कृषिजन्य उपजहरु खरिद बिकीमा सहभागी व्यवसायी तथा उपभोक्तालाई क्यूआर कोड सेवाबाट अझै सहज हुने विश्वास व्यक्त गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board