शनिवार पनि बैंक खुला रहने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

काठमाडौं, २४ पौष । भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो ।

राष्ट्र बैंकको निर्देशनपछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् । केही बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउंसो बैंक खुला रहने जानकारी गराइसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति