ओलीविरुद्ध नेविसंघको चर्को नाराबाजी, उल्टो हिँडेर संसद विघटनको विरोध

काठमाडौं, २४ पुष । संसद विघटनको विरोध जनाउँदै राजधानीमा नेविसंघले उल्टो हिँडेर प्रर्दशन गरेका छन् । माइतीघर मण्डलाबाट नेविसंघ नेता–कार्यकर्ताहरु उल्टो हिँड्दै बानेश्वरसम्म पुगेका हुन् ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी गरेका छन् । प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमल्सिना, युवराज पाण्डेलगायत सहभागी छन् ।

प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत संसद विघटन गरेर उल्टो बाटोमा हिँडेकाले सांकेतिकरुपमा विरोध गरिएको नेविसंले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति