वरिष्ठ पत्रकार चेम्जोङद्वारा लिखित ‘उदयपुरको ईतिहास’ पुस्तक विमोचित

काठमाडौं – वरिष्ट पत्रकार कौशल चेमजोङद्वारा लिखित ‘उदयपुरको इतिहास’ पुस्तकको लोकार्पण गरिएको छ । विहिबार ललितपुरस्थित सत्यमोहन जोशी लोकसाहित्य भवन बखुम्बहालमा आयोजित एक कार्यक्रमबमा शताब्दी पुरुष संस्कृतविद सत्यमोहन जोशीले पुस्तकको लोकार्पण गरेका हुन् ।

उदयपुर अनुसन्धान केन्द्रले प्रकाशनमा ल्याएको सो पुस्तकमा उदयपुरको ऐतिहासिक कालदेखिको जनजीवन, सामाजिक रहनसहन, बसोबास, र जातजाति तथा समाज विकासक्रमसँगै जिल्लाको पर्यटन, राजनीति, कृषिलगायत बिभिन्न विषयमाथि खोज अनुसन्धान बिबरण पढ्न पाइनेछ ।

बरिष्ठ पत्रकार चेमजोङ उदयपुरमा ३ दशकअघिदेखि निरन्तर पत्रकारिता, साहित्य तथा पुस्तक लेखनमा कलम चलाउँदै आएका छन् । उनले आफु खोजमुलक पत्रकारिता गर्ने शौख भएकाले यस पुस्तकमा पनि दशकौँ बढी लगाएर खोजमुलक तथ्यको अधारमा पुस्तक तयार गरेको बताएका छन् । पुस्तक तयारी गर्न लागि उनले २२ वर्ष समय अध्यायनमा खर्चेको स्मरण गरे ।

नेपाल पत्रकार महासंघबाट ‘प्रेस स्वतन्त्रता सेनानी’को उपाधिसमेत प्राप्त गरेका उनले यसअघि ‘उदयपुरको पर्यटन’, ‘उदयपुर सिमेन्ट उद्योग लि। जलजलेको चिनारी’लगायतका पुस्तक बजारमा ल्याईसकेका छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्षसमेत रहेका चेम्जोङ उदयपुर शाखाका संस्थापक सदस्य हुँदै सचिव, उपाध्यक्ष र दुई कार्यकाल अध्यक्षसमेत भएका थिए ।

वरिष्ट पत्रकार कौशल चेमजोङ

कार्यक्रममा पुस्तकको प्राध्यापक डाक्टर बिजय मिश्रले सो पुस्तक समिक्षा गर्दै नेपालको एैतिहासिक मानव सभ्यता विविध राज्यहरु उदयपुरसंग जोडिएको प्रमाण पेश गरिएको र यस यो पुस्तक निकै महत्वपुर्ण रहेको बताए । उनका अनुसार पुस्तकमा किराँत सभ्यता र अस्तित्वलाई प्राथमिकता दिँदै पुस्तकले त्रियुगा सभ्याताको अहिलेसम्मकै ठोस, गहन जनाकारी र तथ्य समेटिएको बताए । त्यस्तै, पुस्तक लोकर्पण कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका ईतिहास विभाग प्रमुख प्राध्यापक डक्टर राजकुमार पोखरेलले पुस्तकको समिक्षात्मक टिप्पणी गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board