थाङसाङ लाओती ‘महामूर्खुकृत’ द्धारा लिखित ‘मुन्धुम परम विज्ञान’ विमोचित

ललितपुर – थाङसाङ लाओती ‘महामूर्खुकृत’ ‘मुन्धुम परम विज्ञान’को विमोचन गरिएको छ । बिहिबार ललितपुरस्थित किराँत याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालय, शोभाहिटीमा लेखक युग पाठकको प्रमुख आतिथ्य र किराँत याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमको विशेष आतिथ्यमा सो पुस्तकको विमोचनग गरिएको हो ।

कार्यक्रममा त्रिवि केन्द्रीय जनसंख्या विभागका सहप्राध्यापक बालकृष्ण माबोहाङ, त्रिवि सानोठिमी क्याम्पस अंग्रेजी विभागका उपप्राध्यापक अमर तुम्याहाङ, मुन्धुम अध्येता डीबी आङबुङ र अध्येता टंक सेलिङले किताबको समिक्षा गरेका थिए।

कार्यक्रममा किताबका लेखकलाई मुन्धुमविद डा. चन्द्रकुमार शेर्मा, राजनीतिज्ञ खगेन्द्र माखिम, संस्कृतिकर्मी गोबिन्द आङबुङ, लेखक बिमला तुम्खेवा, सामाजिक अभियन्ता पदम चेन्जी माबो र लेखक सागर केरुङले शुभकामना दिएका थिए। कार्यक्रम याक्थुङ लेखक संघ, उपत्यका समितिले आयोजना गरेको हो।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board