करिना–दीपिकाका डिजाइनरले गरे लिङ्ग परिवर्तन : भने, ‘अब म सायशा हुँ’

काठमाडौं, २३ पौष । बलिउडका चर्चित फेसन डिजाइनर स्वप्निल शिंदेले एक भावुक पोस्टमार्फत् आफ्नो लिंग परिवर्तन गरेको जानकारी दिएका छन् । उनले आफूलाई एक ट्रान्सवुमनको रुपमा परिचित गराउँदै अब आफ्नो नाम सायशा शिंदे भएको जानकारी दिएकी छिन् ।

स्मरण रहोस्, स्वप्निल शिंदे करिना कपुर खान, दीपिका पादुकोण, हिना खान, श्रद्धा कपुर, सनी लियोनी र अनुष्का हर्मासमेत थुप्रै बलिउड सेलिब्रिटीका लागि कपडा डिजाइन गर्छन् । फेशन फिल्मकी कस्ट्युम डिजाइनर सायशा शिंदेले ट्रान्सवुमन बनेको विषयमा आफ्नो भावना व्यक्त गरेकी छिन् । उनले लेखेकी छिन्, ‘सायशाको अर्थ हुन्छ सार्थक जीवन र म आफ्नो जीवनलाई विशेष तरिकाले सार्थक बनाउने योजनामा छु ।’

सायशाले यो पोस्टपछि ट्रान्सवुमन बनेपछि आफ्नो एउटा फोटो सेयर गरेकी छिन् । टाइम्स अफ इन्डियासँगको कुराकानीमा सायशा भन्छिन्, ‘जुन प्रेम मैले परिवार र साथीभाइबाट पाएँ, त्यसका लागि म आभारी छु । म चकित र स्तब्ध छु । मलाई लागेको थियो कि म जब यसरी बाहिर आउँछु तब मलाई सोसल मिडियामा अत्यधिक ट्रोल गरिनेछ तर अहिलेसम्म एउटा पनि नकारात्मक कमेन्ट आएको छैन । मैले थुप्रै सकारात्मक कमेन्ट पाएकी छु, एलजीबीटीब्यू समुदायबाट मात्रै नभई महिलाबाट पनि । उनीहरुले मलाई आफूलाई स्विकार गर्न प्रेरित गरिरहेको बताएका छन् । उनीहरुले आफ्नो जीवन आफ्नै तरिकाले बाँच्नका लागि प्रेरित भइरहेको पनि बताइरहेका छन् ।’

उनले आफ्ना पितालाई अत्यधिक आभार प्रकट गरेका छन् । आफ्ना पिताबारे उनी भन्छन्, ‘मैले आफूलाई ६ वर्ष अघि नै स्विकार गरिसकेकी थिए । मेरो परिवार एक रुढीबादी महाराष्ट्रियन परिवार हो तर त्यतिबेला देखि नै मेरो परिवार मेरो लागि खडा भइरहेको छ । मेरो हरेक निर्णयमा उनीहरुको साथ छ । मेरा पिता मेरो साथमा सधैं थिए । उनले मलाई उत्कृष्ट सर्जनबारे पनि जानकारी दिए । उनले मलाई आफू सधैं मेरो साथमा भएको बताए । योभन्दा ठूलो कुरा मेरो लागि के हुन सक्ला ?

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board