सुनको मूल्य एक हजार तिन सयले ओरालो

काठमाडौँ, २३ पुस । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु एक हजार ३०० ले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु ९५ हजार ४०० मा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ । यो बुधबारका तुलनामा रु एक हजार ३०० ले कम हो । छापावाला सुन बुधबार प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोही सुन बुधबार तोलामा रु ९६ हजार २०० मा कारोवार भएको थियो । तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै रु एक हजार ३०० ले घटेको छ । यस्तै चाँदी भने तोलामा रु १० ले मात्रै ओरालो लागेको छ । प्रतितोला रु एक हजार ३४० मा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३३० मूल्य निर्धारण भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति