म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं — म्यानचेस्टर सिटी काराबाओ कप (इएफएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो सेमिफाइनलमा म्यानचेस्टर युनाईटेडलाई २–० ले पराजित गर्दै सिटी फाइनलमा पुगेको हो ।

ओल्ड ट्राफोर्डमा सिटीलाई जित दिलाउन जोन स्टोन्स र फर्नान्डिन्होले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीलाई २–० को जित दिलाए । अब सिटीले उपाधिका लागि टोटेनहमसंग प्रतिस्पर्धा गर्नेछ । टोटेनहम च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २–० ले पराजित गर्दै फाइनल पुगिसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति