राष्ट्रियसभाको बैठकः ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गर्दै

काठमाडौं, २३ पुष । राष्ट्रियसभाको बैठक आज दिउसो १ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ ।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्दैछन् ।

नियमित कार्यसूचीका साथै सांसदहरुले संसद विघटनपछि देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी समेत गरेका छन् ।

प्रतिनिधिसभा विघटन भएपछि पहिलोपटक राष्ट्रियसभाको बैठक यही पुस १७ गते बसेको थियो । स्थायी सदन भएकाले राष्ट्रियसभा भने विघटन गर्न मिल्दैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति