भारतका पूर्व राष्ट्रपतिको पुस्तकको दाबी- त्रिभुवनले नेपाललाई भारतमा गाभ्न प्रस्ताव गरेका थिए !

काठमाडौं, २२ पुस । भारतका दिवंगत पूर्व राष्ट्रपति डा. प्रणब मुखर्जीले आफ्नो पुस्तक ‘द प्रेसिडेन्सियल इयर्स’ मा नेपालबारे सनसनीपूर्ण खुलासा गरेका छन् । पुस्तकमा मुखर्जीले राजा त्रिभुवन वीर विक्रम शाहले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु समक्ष नेपाललाई भारतमा विलय गर्ने प्रस्ताव राखेको तर नेहरुले त्यसलाई अस्वीकार गरेको दाबी गरेका छन् ।

पुस्तकको ११ औं भागमा ‘माई प्राइम मिनिस्टरः डिफरेन्ट स्टाइल्स, डिफरेन्ट टेम्परमेन्टस्’ शीर्षक अन्तर्गत मुखर्जीले राजा त्रिभुवनले नेपाललाई भारतको प्रान्त बनाउन प्रस्ताव गरेको दाबी गरेका छन् । यद्यपि, भारतीय प्रधानमन्त्री नेहरुले सो अफर अस्वीकार गरेको पुस्तकमा भनिएको छ ।

पुस्तकका अनुसार नेहरु नेपाल स्वतन्त्र राष्ट्र रहनुपर्ने चाहन्थे । मुखर्जीले यदी नेहरुको स्थानमा इन्दिरा गान्धी भएको भए, उनले सो अवसर आफ्नो हातबाट जान नदिने पनि बताएका छन् । उक्त किताबमा अन्य कयौं सनसनीपूर्ण खुलासा गरिएको जसमा सन् २०१४ मा यूपीएले ब्यहोरेको हारका लागि सोनिया गान्धी र मनमोहन सिंहलाई जिम्मेवार ठहराइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति