वासिङ्टनमा १२ घन्टाका लागि कर्फ्यू ,गोली लागेर एक महिलाको मृत्यु


काठमाडौँ, २३ पुस ।  अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक सुरक्षा तारबार भत्काएर संसद भवन छिरेपछि प्रहरीले चलाएको गोली लागेर एक जना महिलाको मृत्यु भएको छ।

नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न संसद बसिरहेका बेला ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेका थिए। उनीहरूले ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै त्यहाँका झ्यालढोकामा तोडफोड गरेका थिए। भीड अनियन्त्रित हुँदै गएपछि उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलोसीलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लिएका थिए।

परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना महिलाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ।राष्ट्रपति ट्रम्पले केही समयपछि भीडलाई शान्त पार्न नेशनल गार्डलाई परिचालन गर्न आदेश दिएका छन्।

उनले भीडलाई शान्त रहन पनि आग्रह गरेका छन्। वासिङ्टनका मेयर मुरियल बोउसरले सहरमा १२ घन्टा लागि कर्फ्यू आदेश जारी गरेका छन्।

बाइडेन राष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने प्रक्रिया केही समयका लागि स्थगित भएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति