काम गर्ने वातावरण नभएको भन्दै आर्थिक मामिलामन्त्री बोहराबाट राजीनामा

काठमाडौं, २२ पौष । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज आफ्नो पदबाट राजीनामा दिए । मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन् ।

विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले स्पष्ट पारे । उनी नेपाल कम्युनिष्ट पार्टी नेकपा मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board