थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं २२ पौष । पछिल्लो २४ घण्टामा देशभर ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ७ सय ६ जनाको नमुना परीक्षण गर्दा १ सय ४४ महिला र २ सय ६५ जना पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ । उनीहरुमध्ये आज ६ सहित हालसम्म १८ सय ९९ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ९५ जना संक्रमित निको भएका छन् ।

हालसम्म कोरोना संक्रमणमुक्त हुने २ लाख ५६ हजार १ सय ६१ जना पुगेका छन् । आज थपिएका संक्रमितमध्ये १ सय ८४ जना काठमाडौं उपत्यकाका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ मा १३, प्रदेश २ मा ५ तथा बागमती प्रदेशमा २ सय ६७ जना संक्रमित थपिएका छन् ।

यस्तै गण्डकीमा ४१, लुम्बिनीमा ७६ र सुदूरपश्चिम प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ । कर्णालीमा भने आज कुनै पनि संक्रमित भेटिएका छैनन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३३ रहेकोमा १ सय ९७ जनाको आईसीयु र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board