वन क्षेत्रमा हराएका बज्यै–नातिनी आफन्तको जिम्मा लगाइयो

काठमाडौं, २२ पौष । भीमदत्त नगरपालिका–९ खल्लाका बयर टिप्न वन क्षेत्रमा गई हराएका बज्यै र नातिनीलाई सशस्त्र प्रहरीले खोजतलास गरी आफन्तको जिम्मा लगाएको छ । सोमबार गाउँ नजिकैको वन क्षेत्रमा बयर टिप्नका लागि गएका ६५ वर्षीया धना टमटा र उनकी नातिनी छ वर्षीया तारा टमटा हराएपछि आफन्तले खोजतलासका लागि सशस्त्र प्रहरीको खल्लास्थित बोर्डर आउटपोष्टलाई गुहारेको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए ।

आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरीको टोलीले बज्यै र नातिनीलाई मङ्गलबार साँझ नेपाल–भारत सीमा नजिकको दशगजा क्षेत्रमा सकुशल फेला पारी आफन्तको जिम्मा लगाएको छ । यसैबीच सशस्त्र प्रहरीले लाझाडी गाउँपालिका–६ चानदेउबाट मङ्गलबार रु एक लाख ७० हजार मूल्य बराबरको २० क्यूविक फुट सिसौको काठ, माछा र यमाहा मोटरसाइल बरामद गरेको छ । बरामद गरेको काठ सिद्धनाथ सबडिभिजन वन कार्यालयमा र अन्य सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board