सुनको मुल्या आज ३०० ले बढ्यो

काठमाडौँ, २२ पुस । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको पहेंलो धातुको मूल्यमा आजको वृद्धिसँगै पुनः नयाँ उचाइमा पुगेको छ ।

प्रतितोला रु ९६ हजार ४०० मा मङ्गलबार कारोवार भएको छापावाला सुन आज रु ३०० ले वृद्धि भई रु ९६ हजार ७०० मा पुगेको छ । यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला रु ९५ हजार ९०० मा कारोवार भएकामा आज रु ९६ हजार २०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । यसैगरी चाँदीमा भने प्रतितोला रु पाँचले उकालो लागेको छ ।

प्रतितोला रु एक हजार ३३५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार ३४० मूल्य निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति