प्रदेश २ को नेकपा संसदीय दलको नेतालाई प्रचण्ड-माधव समुहले हटाए

जनकपुरधाम, २१ पुष । प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव) समूहको नेकपाले हटाएको छ । मण्डललाई नेकपाको प्रचण्ड–नेपाल समूहको आज बसेको संसदीय दलको बैठकबाट कारबाही गरी दलको नेताबाट हटाइएको हो।

मण्डलविरूद्ध प्रदेशसभामा नेकपाका ३२ सदस्यमध्ये १९ जनाले अविश्वास प्रस्तावमार्फत् संसदीय दलका नेताबाट हटाएका हुन् । बैठकले संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ । प्रदेश २ संसदीय दलको उपनेतामा रामकुमार यादव, प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा बेची लुङ्गेली छन्। निर्णयबारे जानकारी गराए ।

नेकपाको कुल ३२ सांसदमध्ये १८ जना सांसदले हस्ताक्षर गरी मण्डलबिरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । महतोलाई दल नेता चयन गर्न बहुमत १९ जना सांसदको हस्ताक्षर संकलन गरिएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति