पहिलो हिउँदे वर्षा: हिमाली क्षेत्रमा हिमपात, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं, २० पुस । पश्चिमी वायुको प्रभावले आइतबार रातिदेखि देशभर मौसम बदलिएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ भने काठमाडौंलगायत अधिकांश ठाउँमा हल्का वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार दिउँसो पनि वर्षाको सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भागमा आइतबार साँझ नै पानी पर्न थालेको थियो।

आउने २४ घन्टामा देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको उल्लेख गर्दै महाशाखालो पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ।

ुबदली, वर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा केही गिरावट आई देशैभरि चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न सजग रहनुहुन सबैमा अनुरोध छ,’ महाशाखाले भनेको छ। महाशाखाका मौसमविद् समीर श्रेष्ठले बुधबारदेखि मात्रै मौसममा सुधार हुने जानकारी दिए।

शनिबारदेखिको मौसम प्रभावित भएको थियो। त्यसैका कारण आज काठमाडौंमा पानी परेको हो। भोलि पनि यस्तै हुन्छ,’ शाक्यले भने,‘बुधबारदेखि सुधार हुँदै जान्छ।’ उता हिउँदे वर्षाका कारण भारतको राजधानी नयाँदिल्लीको जनजीवन पनि प्रभावित भएको छ। दिल्लीमा शनिबार र आइतबार ३९।९ मिलिमिटर वर्षा भएको छ। दिल्लीमा यसअघि जनवरीमा औसत २१।७ मिलिमिटर वर्षा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतको मौसम विभागले पानी पर्ने क्रम मंगलबारसम्म रहने बताएको छ।

मौसमविद् शाक्यले नेपालमा भने दिल्लीको जस्तो भारी वर्षाको सम्भावना नरहेको बताए। आगामी तीन दिन यस्तो छ नेपालको मौसम पूर्वानुमान

पुस २० गते
दिउँसो स् देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न। १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भू(भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न। १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

पुस २१ गते
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरू तथा बागमती र प्रदेश न। १ को भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम , कर्णाली, गण्डकी , बागमती प्रदेश तथा प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

पुस २२ गते
दिउँसो : देशको सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशको पहाडी भू-भागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति