उकालो लाग्यो सुनको मूल्य


काठमाडौँ, १७ पुस । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

प्रतितोला रु ९४ हजार १०० मा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सो सुन बिहीबार तोलामा रु ९३ हजार ६०० मा कारोेवार भएको थियो । चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलामा रु एक हजार ३०० मा कारोवार भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति