चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला

गोदावरी, १७ पुस । कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । उनका अनुसार मृतकको शव सडेको अवस्थामा फेला परेको र नजिकै सेतो रङको गन्जी र हरियो रङको हाफसर्ट फेला परेको हो ।

शवको प्रकृति हेर्दा तल्लो शरीरमा निलो रङको जिन्स पाइन्ट लगाएको, उचाइ अन्दाजी पाँच फिट पाँच इन्च, उमेर अन्दाजी २५र३० वर्षको जस्तो देखिने, दायाँ हातको पाखुरामा नाग ९सर्प० र शिवलिङ्गको ट्याटु भएको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति