भारतमा थप १९ हजार जनामा संक्रमण

काठमाडौं, १७ पुस । भारतमा थप १९ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ४६ जनामा संक्रमण भएको हो ।पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड २ लाख ८६ हजार ३२९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९८ लाख ८१ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् ।यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४९ हजार नाघेको पुगेको छ ।पछिल्लो २४ घण्टामा थप २४४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४९ हजार १८ पुगेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति