सत्ता कांग्रेसका लागि प्यारो छैन : केन्द्रीय सदस्य पौडेल

काठमाडौं, १६ पौष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न मत दिएकाले सत्ता कांग्रेसका लागि प्यारो नभएको बताए । पैतालीसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस तनहुँले आज आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य पौडेलले सरकारले चुनाव नचाहेको आरोप लगाउँदै संवैधानिक निकायहरुमा असंवैधानिक तवरबाट पदाधिकारी निय्क्त गर्ने मात्रै नभई प्रतिनिधिसभा विघटन गरेर सरकारले गलत काम गरेको आरोप लगाए ।

आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्लेले हार्दिकता र एकता कायम गरी पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए । जिल्ला सभापति बैकुण्ठ न्यौपानेले पद्धतिमा भन्दा व्यक्तिमा विश्वास गर्ने राजनीतिले सङ्कट निम्त्याउने बताए । कार्यक्रममा पार्टीका सचिव विश्व बाँस्तोला, समन्वय समितिका उपप्रमुख पवित्रा पौडेल लगायतले जननायक बीपी कोइरालाले राष्ट्रियता, लोकतन्त्र संरक्षणको लागि एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देश अहिलेको अवस्थामा पनि सान्दर्भिक रहेको धारणा व्यक्त गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति