चाडपर्वअनुसार खानाले पौष्टिक आहार प्राप्त हुने

काठमाडौं, १६ पौष । गण्डकी प्रदेशसभा, अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले चाडपर्व आत्मियताका धरोहर भएको बताए । पोखरा महानगरपालिका–३० गगनगौडास्थित गणेश नेवाः खलले योमोरी पुन्हिको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अनेकतामा एकता नेपालको पहिचान भएकामा जोड दिए ।

उनले चाडपर्वअनुसारका खानाले पनि शरीरलाई पौष्टिक आहार प्राप्त हुने बताउँदै उनले हाम्रा पर्व वैज्ञानिक रुपमा पनि महत्वपूर्ण रहेको बताए । गणेश नेवाः खलाका अध्यक्ष दीपकराम ढेवाजु, संस्थाका निवर्तमान अध्यक्ष प्रेम लिगल, सल्लाहकार सनतकुमार श्रेष्ठ, संस्थाका पूर्वसचिव नरेशकुमार श्रेष्ठलगायतले पर्व र संस्कृतिको महत्वमाथि प्रकाश पारे ।

संस्थाको विकासमा समृद्धिमा योगदान पु¥याउनुहुने निवर्तमान अध्यक्ष लिगल, तुलसीप्रसाद लिगल, नारायणकुमार श्रेष्ठ र मिसा पुचका सदस्यलाई सम्मान गरिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board