संसद विघटनले देश अनिश्चितताको बाटोमा: पूर्वराष्ट्रपति

काठमाडौं, १६ पुष । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनको कदमले संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने बताए ।

देश अनिश्चितताको बाटोमा गएको विश्लेषण गर्दै उनले संसद विघटन असंवैधानिक भएको बताए । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति यादवले अब आशा र भरोसाको संस्था अदालतबाट न्याय हुनेमा अरु लोकतन्त्रवादी जस्तै आफू पनि आशावादी रहेको बताए ।

नेपालको राजनीतिक अवस्थाबारे अन्तर्राष्ट्रिय ध्यान केन्द्रीत भएको भन्दै उनले यस्तो अवस्थामा लोकतान्त्रिक संस्थाहरुले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नुपर्ने पुर्व राष्ट्रपति यादवको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति