‘संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन’

काठमाडौं, १६ पुष । सभामुख अग्नि सापकोटाले अहिलेकै परिस्थितिमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको बताए । अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको सभामुख सापकोटाको भनाई छ ।

नेकपा ९प्रचण्ड–माधव समूह० को अनेमसंघ, नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ र विवेकशिल साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाको संयुक्त ज्ञापनपत्र बुझ्दै सो कुरा बताएका हुन् ।

संविधानको रक्षा तथा देश र जनताको अधिकतम हितमा सधैं समर्पित हुने बताउँदै सभामुख सापकोटाले भने ‘हाम्रो संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन । मैले आफ्नो धारणा पहिले नै सार्वजनिक गरिसकेको छु र म अदालतमा पनि त्यहीअनुसारको प्रतिउत्तर दिँदै छु,’ ।

सापकोटाले भने, ‘अहिले सभामुखको जिम्मेवारीको हिसाबले मेरो भूमिका के हुन्छ, संविधानको रक्षाका लागि, समग्र परिस्थितिमा मैले कसरी भूमिका खेल्न सक्छु, जनताको अधिकतम हितका लागि के भूमिका खेल्नुपर्छ भनेर मैले राष्ट्रका सम्बद्ध पक्षसँग वृहत, व्यापक परामर्श राय सल्लाह सुझाव लिइरहेको छु ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति