प्रचण्ड-माधव समूहले संसदीय दलको नेताबाट राईलाई हटाए

काठमाडौं, १६ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड(माधव समूहको बिहीबार बसेको बहुमत सांसदको बैठकले मुख्यमन्त्री राईलाई हटाएर भीम आचार्यलाई दलको नेता चयन गरेको हो ।

प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board