प्रधानमन्त्रीसहित नयां सरकारका मन्त्रीलाई लक्षित गरी विस्फोट, २२ जनाको मृत्यु

काठमाडौं, १६ पौष । यमनमा प्रधानमन्त्रीसहित नयां सरकारका मन्त्रीलाई लक्ष्य गरी भयानक बम विस्फोट गराइएको छ ।

नयां मन्त्रिमण्डलका सदस्यलाई छिमेकी मुलुक साउदी अरबबाट लिएर आएको विमान यमनको दक्षिणी सहर अदनस्थित विमानस्थलमा अवतरण हुनासाथ गराइएको विस्फोटमा २२ जनाको मृत्यु भएको छ । विस्फोटमा धेरैजसो सहायक कर्मचारी र अधिकारीको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी मानिस घाइते भएको बीबीसीले जनाएको छ । छ । तर आफू र आफ्नो मन्त्रीमण्डलका सदस्य सकुशल रहेको यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले बताउनुभएको छ । नया“ मन्त्रीहरूको स्वागतका लागि धेरै मानिस विमानस्थलमा भेला भएका बेला विस्फोट गराइएको हो ।

विस्फोटको केही समयपछि गोली चलेका आवाज पनि सुनिएको थियो । कसले र किन विस्फोट गरायो भन्ने खुलेको छैन । यमनमा सन् २०१५ देखि गृहयुद्ध भइरहेको छ । जसमा परी अहिलेसम्म १ लाख १० हजारभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति