थप ५ सय ११ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौ, १५ पौष । पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ हजार १ सय १० नमुना परीक्षण गर्दा २ सय ४ महिला र ३ सय ७ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयां संक्रमितमध्ये ३ सय १२ जना काठमाडौं उपत्यकाका हुन् । योसगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

उनीहरुमध्ये आज थप ७ सहित १८ सय ४७ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ सय जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय रहेको मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति