पेरिसडाँडामा प्रचण्ड नेपाल पक्षको भेलाको निर्णय, आन्दोलनका थप कार्यक्रम घोषणा गरिने

काठमाडौं, १५ पौष । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपलब्ध सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक आज बस्दैछ ।

सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न आज दिउंसो १२ बजे पेरिसडांडास्थित कार्यालयमा बैठक बस्न लागेको हो । बैठकपछि दिउंसो ३ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने योजना छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा प्रचण्ड–माधव पक्षले हिजो देशव्यापी प्रदर्शन गरेको थियो । काठमाडौंको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अझै कडा खालको आन्दोलन गर्ने उदघोष गरे ।

प्रचण्ड–माधव पक्षले हरेक दिन आन्दोलनका कुनै न कुनै कार्यक्रम जारी राख्ने निर्णय यसअघि नै गरेको थियो । आन्दोलनको क्रममा नेपाल बन्दसम्म गर्नसक्ने यसअघि नै बताइसकेको छ । प्रचण्ड–माधव पक्षले आन्दोलन परिचालन गर्न नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति नै गठन गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति