विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड २३ लाख नाघ्यो

काठमाडौँ, १५ पुस । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ८ करोड २३ लाख २१ हजार ३५८ पुगेको छ ।बुधबार बिहानसम्म कोरोनाबाट १७ लाख ९६ हजार २६९ जनाले ज्यान गुमाएका छन् ।विश्वमा संक्रमित रहेका २ करोड २१ लाख ९३ हजार ७९१ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये १ लाख ५ हजार ९३९ को स्वास्थ्य अवस्था गभ्भीर छ ।अहिलेसम्म ५ करोड ८३ लाख ३१ हजार २९८ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा रै संक्रमण फैलिएको अमेरिकामा १ करोड ९९ लाख ७७ हजार ७०४ जनामा संक्रमण फैलिएको छ । संक्रमित ३ लाख ४६ हजार ५७९ जनाको मृत्यु भएको छ । १ करोड १८ लाख ४४ हजार ४७२ जनाले कोरोना जितेका छन् ।

अमेरिकामा अहिले ७७ लाख ८६ हजार ६५३ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये २९ हजार १३२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।त्यस्तै दोस्रो संक्रमण फैलिएको भारतमा १ करोड २ लाख ४५ हजार ३२६ जनामा संक्रमण भएको छ । १ लाख ४८ हजार ४७५ जनाको मृत्यु भएको छ । ९८ लाख ३३ हजार ३३९ जनाले कोरोनालाई जितेका छन् । २ लाख ६३ हजार ५१२ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये ८ हजार ९४४ को स्वास्थ्य अवस्था गम्भीर छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति