नयाँ भाइरसबाट सङ्क्रमित भए नभएको कसरी थाहा पाउने ? देखिन सक्छ यस्ता फरक लक्षण !

काठमाडौं, १४ पौष । नयाँ कोभिडको स्ट्रेन पत्ता लागेसँगै, मानिसमा पहिलाकै जस्तो डर र चिन्ताको स्थितिमा प्रवेश गरेका छन् ।

वैज्ञानिक तथा चिकित्सा पेशेवरहरू भाइरसमा आएको उत्परिवर्तनको स्रोत पहिचान गर्न र स्थापना गर्न प्रयास गरिरहेका छन् । यसअघिको भाइरसबाट सङ्क्रमण भएमा देखिने लक्षणको सुची बढ्दै गए पनि हालसम्म देखिएका सङ्क्रमितमा ज्वरो, लगातारको सुक्खा खोकी, गन्ध तथा स्वाद हराउनु, घाँटी दुख्ने, छातीको दुखाइ, सास फेर्न गाह्रो हुनु, पानी जस्तो सिँगान बग्ने वा नाक बन्द हुनु कोभिडका सामान्य र मुख्य लक्षण हुन् ।

अधिकांश सङ्क्रमितमा यीमध्ये कुनै एक लक्षण भएको रिपोर्ट गरिएको छ । सङ्क्रमण भएकमा धेरैजसो लक्षण पुरानो र नयाँ प्रकारको कोरोना भाइरसमा समान छन् । तर, उत्परिवर्तन भएको नयाँ भाइरस ९भियुआई–२०२०१२/०१० फराकिलो र बढी गतिमा फैलिने क्षमता राख्छ । नयाँ म्युटेन्ट भेरियन्टबाट सङ्क्रमित भएका व्यक्तिमा केही फरक लक्षण देखापरेको छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र सिडिसीले कोभिडको नयाँ संस्करणका कारण देखिन सक्ने पाँच खतरनाक चेतावनी सङ्केत प्रकाशित गरेको छ । साथै, यी लक्षणलाई आपतकालीन सङ्केत सोची सक्दो चाँडो उपचार खोज्न आग्रह गरिएको छ । यी हुन् ती पाँच लक्षण स्

– सास फेर्न समस्या भएमा
– भ्रम
– लगातार छातीमा दुखाइ महसुस भएमा
– थकित र बिउझिरहन असमर्थ भएमा
– ओठ वा अनुहार निलो हुँदै गएमा

लापरवाही गरेका कारण शरीरमा गम्भीर क्षति हुन सक्ने हुँदा निम्न लक्षण देखा परे तत्काल चिकित्सकको सहायता लिन आग्रह गरिएको छ । भाइरसको नयाँ प्रकार पुरानोको तुलनामा भिन्न भए पनि भाइरसलाई नियन्त्रण गर्ने तरिका पहिलेको जस्तो नै रहेको बताइन्छ । सङ्क्रमितको सम्पर्कका आएमा आफूलाई आइसोलेट गर्ने गर्नुपर्छ ।

साथै, मास्क लगाउने सामाजिक दुरी कायम गर्ने, हाच्छिउ गर्दा वा खोक्दा मुख छोप्ने, हात धुने तथा सरसफाइमा ध्यान दिनु नै भाइरसको फैलावटलाई रोक्ने प्रभावकारी उपाय हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति