काठमाडौं, १४ पुष । नेपालमा बितेको २४ घण्टामा मुलुकभर कोरोना भाईरस संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३५ जनाको पीसीआर गरिएकामध्ये ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म जम्मा कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७ सय ३१ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ । हालसम्म क्वारेन्टिनमा ३ सय ६५ जना छन् भने ६ हजार ३ सय ९६ जना आइसोलेसनमा रहेको स्वास्थय मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया