नेकपा विभाजनको असर: ओली पक्षका मन्त्रीलाई सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे बर्खास्त

धनगढी, १४ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रमा विभाजन भएपछि त्यसको असर प्रदेश सरकारहरूमा पनि देखिन थालेको छ। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई आज बर्खास्त गरेका उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीको भनाई छ । प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी ओली समूहका बोहरालाई पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले बर्खास्त गरेका हुन् । बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री थिए।

मन्त्री बोहराले भने पदमुक्त गरिएको आधिकारिक पत्र आफूकहाँ आइनपुगेको बताएका छन् ।बोहरा केपी शर्मा ओली निकट हुन् । बोहरा डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित २०७४ फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति