प्रिमियर लिग : लेस्टरसँग क्रिस्टल प्यालेसको बराबरी

काठमाडौं, १४ पुस । हार्वे बार्न्सले अन्तिम समयको बराबरी गोलसंगै लेस्टर प्रिमियर लिग फुटबलमा हारबाट जोगिएको छ ।

सोमबार क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको खेलमा लेस्टरले उसलाई अंक बाढ्न बाध्य पार्‍यो ।

खेल सकिन ७ मिनेटअघि जोनी इभान्सको पासलाई सदुपयोग गर्दै बार्न्सले बराबरी गोल फर्काएका थिए ।

खेलमा अग्रता घरेलु टोलीले विल्फर्ड जाहाको गोलमा ५८औँ मिनेटमा लिएको थियो । एन्ड्रोस टाउनसेन्डको पासमा जाहाले क्रिस्टललाई अघि बढाएका थिए ।

बराबरीसँगै एक अंक जोडेको लेस्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

समान २९ अंक भए पनि एभर्टनलाई गोल अन्तरका आधारमा पछि पार्दै लेस्टर दोस्रो स्थानमा छ । क्रिस्टल १९ अंकसहित १३औँ स्थानमा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board