विवाहपछि जब गौहरले विमानस्थलमा अचानक भेटिन् पूर्वप्रेमी…

गौहर खान बलिउडकी नाम चलेकी कलाकार हुन् । बिगबोस सिजन ७ जितेपछि चर्चामा आएकी गौहर खानको फ्यान फलोइङ लोभलाग्दो रहेको छ । गौहरले बलिउडका ठूला कम्पनीसँग काम गरिसकेकी छिन् । उनै गौहरले केहीदिन अघिमात्र प्रेमी जैद दरबारसँग विवाह गरिन् । विवाहको २ दिनपछि नै गौहर काममा फर्किएकी छिन् ।

छायांकनको लागि लखनउ जाने बेला प्लेनमा उनको अचानक पूर्वप्रेमी कुशाल टन्डनसँग भेट भएको छ । अहिले सामाजिक सञ्जालमा यो कुराले निकै चर्चा समेत पाइरहेको छ । गौहर र कुशाल पहिलो पटक बिगबोस मै भेटेका थिए । त्यहिबाट दुईको प्रेमको सुरुवात भएको थियो । बिगबोस पछि पनि गौहर र कुशालबिच प्रेम थियो । तर पछि अचानक दुवैले अलग बाटो रोजेका थिए । यी दुईको ब्रेकअपको निकै नै चर्चा समेत भएको थियो ।

कुशाललाई अचानक भेट्दा एकछिन त गौहर छक्क परिन् । कुशालले सामाजिक सञ्जालमा स्टोरी राख्दै आफूले अचानक गौहरलाई भेट्दा खुसी लागेको बताए । उनले गौहरलाई प्यारो साथी भन्दै विवाहको शुभकामना समेत दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति