रसियाले नेपाललाई कोरोनाविरुद्धको खोप उपलव्ध गराउने

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीलाई नेपालका लागि रसियाका राजदूत अलेक्सइ ए नोविकोवले शिष्टाचार भेटवार्ताको क्रममा नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरि कोभिड १९ विरुद्धको लडाईंमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नवनियुक्त स्वास्थ्यमन्त्री त्रिपाठीलाई राजदुत नोविकोवले बधाई र शुभकामना समेत व्यक्त गरेका छन् ।

सोमबार मन्त्रालयमा भएको भेटमा नेपाल र रसिया बीचको ऐतिहासिक मित्र सम्बन्ध सँगै वर्तमान नेपालको राजनैतिक अवस्थाबारे पनि कुराकानी भएको मन्त्री त्रिपाठीको सचिवालयले जनाएको छ ।

राजदूत नोविकोवले रसियासँग संसारका १०८ देशले हाल खोप माग गरिरहेकोमा अवस्थामा नेपाललाई रसियाले खोप उपलब्ध गर्ने देशको छैटौँ प्रथामिकतामा राखेको जानकारी गराएका छन् ।

भेटमा मन्त्री त्रिपाठीले नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ रहने विस्वास सहित कोभिड–१९ को लडाइँमा साथका लागि धन्यवाद प्रकट गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति