बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, १३ पौष । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ७०० ले उकालो लागेको छ । शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको पहेँलो धातुको मूल्यमा आज एकै पटक वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार २०० रहेकामा आज प्रतितोला रु ९४ हजार ९०० पुगेको छ । यस्तै तेजाबी सुन आइतबार प्रतितोला रु ९३ हजार ७०० रहेकामा आज रु ७०० ले वृद्धि भई रु ९४ हजार ४०० मा कारोवार भएको छ । त्यस्तै चाँदी आज प्रतितोला रु एक हजार ३१५ मा कारोवार भएको छ । चाँदी आइतबार रु एक हजार २८० मा कारोवार भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति