काठमाडौं, १३ पुस । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै छ । केन्द्रीय राजधानी काठमाडौंको हकमा दिउँसो एक बजे प्रदर्शन हुने छ । नेपाली कांग्रेसका प्रवत्ता विश्व प्रकाश शर्माले भने , ‘काठमाडौंका १० वटै निर्वाचनमा क्षेत्रमा एउटै समयमा दिउँसो १ बजे प्रदर्शन हुने छ र त्यसलाई सम्बन्धित निर्वाचन क्षेत्रका नेता, केन्द्रीय सदस्य र अगुवा नेताहरुले सम्बोधन गर्नु हुन्छ ।’
अध्यक्ष बानियाँका अनुसार काठमाडौंका यी स्थानमा हुनेछन् विरोध प्रदर्शन –
निर्वाचन क्षेत्र नम्बर १- नयाँबानेश्वर, नजिक
निर्वाचन क्षेत्र नम्बर २- कोटेश्वर चोक
निर्वाचन क्षेत्र नम्बर ३ – जोरपाटी चोक
निर्वाचन क्षेत्र नम्बर ४ – नारायणचौर नक्साल
निर्वाचन क्षेत्र नम्बर ५ – महाराजगन्ज, नारायणगोपाल चोक
निर्वाचन क्षेत्र नम्बर ६ -मनमैजु, लोकतान्त्रिक चोक
निर्वाचन क्षेत्र नम्बर ७ – बालाजु चोक
निर्वाचन क्षेत्र नम्बर ८ – बसन्तपुर डबली
निर्वाचन क्षेत्र नम्बर ९ -कलंकी चोक
निर्वाचन क्षेत्र नम्बर १० – कीर्तिपुर बजार
कांग्रेसले काठमाडौंमा रहने सबैलाई आफूलाई पायक पर्ने ठाउँमा उपस्थित भएर सरकारको विरोध प्रदर्शनमा सहभागी भइदिन अपिलसमेत गरेको छ ।
प्रतिक्रिया