आज मात्रै थपिए ४८१ जना कोरोना संक्रमित, ६ जनाको मुत्यु

काठमाडौं, १२ पौष । पछिल्लो २४ घण्टामा ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ । कुल संक्रमितमध्ये आज थप ६ सहित १८ सय २५ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७ सय ३१ जना निको भएसगै हालसम्म २ लाख ४९ हजार ८ सय ६३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय ९३ रहेको छ भने क्वारेन्टिनमा ३ सय ६९ जना छन् । पछिल्लो समय परीक्षण घटाउ“दा कोरोना संक्रमितको संख्या घट्दै गएको तथ्यांक आउने गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति