के जाडोमा तपाईंकाे औंला सुन्निन्छ ? यस्तो छ बच्ने उपाय

काठमाडौं १२ पौष । बेवास्ता गरी समयमै उपचार नगरेको खण्डमा समस्या बल्झिदै गएर औंलासमेत झर्न सक्छ’ स् छाला रोग विशेषज्ञ डा लैला लामा

के जाडो मौसममा तपाईंको पनि हातखुट्टाका औंला रातो हुने, सुन्निने, चिलाउने, पोल्ने वा घाउ भएर फुट्ने गर्छ रु जाडो याममा यो समस्याले कतिपय मानिसलाई सताउने गर्छ । कसैकसैलाई त जाडो मौसममा हातखुट्टाका औंलाहरुमा मात्रै होइन, कानको लोती र नाकको टुप्पोमा समेत यो समस्या देखापर्छ उनीहरुको नाकको टुप्पो वा कानको लोती चिलाउने, रातो हुने, सुन्निने र घाउ हुनेसमेत गर्छ ।

वीर अस्पतालकी छाला रोग विशेषज्ञ डाक्टर लैला लामाका अनुसार यस्तो समस्या बच्चादेखि वृद्धवृद्धासम्मलाई नै हुन्छ तर, ४० वर्षसम्मका व्यक्तिहरु तथा मुटु रोगी, बाथ रोगी र अन्य दीर्घरोगीहरुमा यो समस्या बढी देखिन्छ ।

डा लामा भन्छिन्, जाडो याममा हातखुट्टाका औंला, नाकको टुप्पो, कानको लोतीमा भएका रक्तनलीहरु साँघुरो हुन्छन् र यो समस्या देखापर्छ । यो समस्यालाई मेडिकल भाषामा चिलब्लेन भनिन्छ यो समस्यालाई समयमै ख्याल गरेर घरमै उपचार गर्न सकिन्छ । यद्यपि, चिलब्लेन रोगलाई बेवास्ता गरी समयमै उपचार नगरेको खण्डमा समस्या बल्झिदै गएर औंलासमेत झर्न सक्छु, डा। लामा बताउँछिन् ।

चिलब्लेन हुनुका कारण :

छाला रोग विशेषज्ञ डा. लामाका अनुसार, जाडो याममा घरधन्दामा बढी सक्रिय हुनेलाई औँलामा यी समस्या देखिन्छ। जस्तै, चिसो पानीले भाडा माझ्नाले, चिसो पानीमै लुगा धुने वा अन्य घरायसी काममा बारम्बार पानी चलाइरहने अथवा चिसो ठाउँमा धेरैबेर बस्न पर्ने मानिसहरुलाई चिलब्लेन हुन्छ ।

डा. लामा प्रष्ट पार्छिन्, चिसो मौसममा मानिसको शरीरका रक्तनलीहरु साँघुरिन्छ। रक्तसञ्चारमा गडबडी हुँदा वा नसाहरु खुम्चिएर रक्तसञ्चारमा अवरोध हुँदा ससाना नलीहरु खुम्चिछन् । जसले गर्दा चिलब्लेन रोग लाग्ने गर्छ जाडो याममा चिसोबाट बच्न सिधै शरीरलाई तताउँदा पनि मसिना रक्तनलीहरु फुटेर छालामा विभिन्न खालका समस्या आउँछन् ।

उनका अनुसार धेरै चिसो चलाइरहँदा रक्तसञ्चार कम हुँदा छालाको रङमा परिवर्तनसमेत आउन सक्छ । शरीरमा एलर्जी भएमा वर्षैपिच्छे यो समस्या दोहोरिन सक्छ ।

यस्ता हुन्छन् चिलब्लेनका लक्षणहरु :

— चिसो लागेको भागमा छालाको रङ विस्तारै परिवर्तन हुँदै जान्छ ।

—छालाको रङ गाढा निलो र रातो हुने गर्छ ।

—पोल्ने, चिलाउने, सुनिने र दुख्ने गर्छ ।

—चिलाएको ठाउँमा कन्याउँदा घाउसमेत हुन सक्छ ।

चिलब्लेनबाट बच्ने उपाय:

चिसोबाट जोगिनु नै यो समस्याबाट बच्ने मुख्य उपाय हो, जुन यसरी गर्न सकिन्छस्

—जाडो याममा हातखुट्टा छोप्ने गरी न्यानो लुगा लगाउने।

—न्यानो टोपी, मोजा, पञ्जा लगाएर मात्रै घर बाहिर निस्कने ।

— शरीरको खुला भागलाई पनि न्यानो पारेर राख्ने ।

—जोडो मौसममा चिसो पानी सकभर नखेलाउने ।

— भाडा माझ्दा, लुगा धुँदा र घरायसी काम गर्दा सकेसम्म मन तातो पानीको प्रयोग गर्ने ।

—बिहान बेलुका मनतातो पानीमा करिब १५ मिनेट हातखुट्टा डुबाउने ।

— साँझ बिहान आगो वा हिटर बालेर ताप्ने ।

— हात खुट्टाका औंलाहरु घाममा सेकाउने ।

यी घरेलु उपाय अपनाउँदा पनि चिलब्लेन रोग निको नभएको खण्डमा छाला रोग विशेषज्ञको सल्लाहमा उपचार गर्नु पर्छ ।

छाला रोग विशेषज्ञ डा. लामा सुझाव दिन्छिन्, चिसोले मात्रै नभएर शरीरमा उत्पन्न हुने विभिन्न खालका रोगले पनि चिलब्लेन हुन सक्छ । त्यसैले घरेलु उपायहरुले काम गरेनन् भने छाला रोग विशेषज्ञको सल्लाहमा उपचार गर्नु पर्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति