कञ्चनपुरमा नेकपाका दुई पक्षबीच घम्साघम्सी

काठमाडौं, १२ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि यसको असर देशभर परेको छ । नेकपाका विभाजित भएसँगै स्थानीय तहसम्म दुई पक्षका नेता कार्यकर्ताबीच घम्साघम्सीसम्म हुन थालेको छ ।

यसैबीच कञ्चनपुरको पार्टी कार्यालय कब्जा गर्न खोज्दा अहिले कार्यालय परिसरमा दुई पक्षबीच भिडन्तको अवस्था बनेको हो । दुई पक्षबीच भिडन्तको अवस्था भएपछि अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित गराईएको छ ।

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका स्थानीय नेता कार्यकर्ता र केपी ओली पक्षका नेता कार्यकर्ताबीच सो ठाउँमा विवाद भएको हो । नेता भीम रावलको उपस्थितिमिा कञ्चनपुर पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षले आज आइतबार साढे १२ बजे कार्यक्रम गर्ने तयारी गरेपछि त्यसलाई रोक्न ओली पक्षले कार्यालयमा ताला लगाएका थिए।

पछि प्रचण्ड–नेपाल पक्षले ताला खोलेर कार्यक्रम गर्न खोजेपछि कार्यालय स्थलमा झडपको अवस्था भएको प्रहरीको भनाई छ । अहिले सो पार्टी कार्यालाय ओरीपरी बाक्लो रुपमा सुरक्षाकर्मीहरु खटिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति