२४ घण्टामा थप ५ सय जनामा कोरोना पुष्टि, तीन जनाको मृत्यु

काठमाडौं, ११ पौष । पछिल्लो २४ घण्टामा थप ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा २ सय १३ महिला र २ सय ८७ जना पुरुष रहेका छन् । हालसम्म नेपालमा २ लाख ५७ हजार ७ सय संक्रमित रहेका छन् । त्यसैगरी २४ घण्टामा ८ सय ४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसंगै निको संख्या २ लाख ४९ हजार १ सय ३२ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ६ हजार ७ सय ४९ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ५ हजार ८२ सय ६ परीक्षणहरु गरिएका छन् ।

२४ घण्टामा जम्मा ५ हजार ४ सय ३४ पीसीआर परीक्षण भएका छन् । क्वारेन्टीनमा रहनेको संख्या ३ सय ६९ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप ३ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय १९ जना पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति