ज्यान मार्ने उद्योग र अङ्भङ्ग मुद्दाका फरार एक पक्राउ

काठमाडौ , ११ पौष । ज्यान मार्ने उद्योग र अङ्गभङ्गलगायतका मुद्दामा फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–३ निवासी ४० वर्षीय खगेश्वर गोहिवार रहेको प्रहरीले जनाएको छ ।

ज्यान मार्ने उद्योग, अङ्गभङ्ग र अभद्र व्यवहार मुद्दामा फरार उनीलाई सप्तरीको छिन्नमस्ता गाउँपालिकाको सखडामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । पक्राउ परेका गोहिवारविरुद्ध ज्यान मार्ने ती मुद्दा दर्ता रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवालले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति